कौरव खत्री-बाग्लुङ्ग/बाग्लुङ्गको एक नमूना विद्यालयले नमूना कार्यको थालनी गर्न लागिरहेको छ ।गलकोट नगरपालिका ३ हटियामा स्थित श्री गलकोट नमूना माध्यमिक विद्यालयले आँउदो सोमवार १६ कोठे भवनको शिलन्यास गर्ने भएको छ ।नयाँ बन्न लागि रहेको पक्की भवनको शिलन्यास भने एकै समयमा सोही विद्यालयका संस्थापक,चन्दादाता,जग्गादाता लगायतले १८ पिलरमा एकै समयमा शिलन्यास गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले जानकारी दिए ।
उक्क्त भवनको शिलन्याससंस्थापक अध्यक्ष स्व. गणेशकुमार श्रेष्ठका छोरा दुर्गा प्रसाद श्रेष्ठ र बद्रीकुमार श्रेष्ठ, संस्थापक प्रधानाध्यपक स्व. डा.राजमानसिंह शाक्यकी धर्मपत्नी याचुकुमारी शाक्य तथा उनका सुपुत्र एनआईडिसीका पूर्व जिएम तथा आरएन एसीका पूर्व अध्यक्ष डा.बालकृष्णमान शाक्य, संस्थापक सदस्य स्व. चित्रप्रसाद गौचनकी धर्मपत्नी श्री पूर्णकुमारी शेरचन,पूर्व प्रधानाध्यापक मोहनचन्द्र राजन,संस्थापक सदस्य एवं पूर्व विव्यस अध्यक्ष कुलराज गौतम,लगायत विद्यालयका संस्थापक र जग्गादाताहरुका परिवारजनहरुले विद्यालयमा बन्न लागेका १६ कोठे भवनको १८ वटा पिलरको भोलि अर्थात सोमबार विहान ८ बजेर र ३० मिनेनको समयमा भवनको पिलरमा शिलन्यास गरिने कार्यक्रम रहेको प्रधानाध्यापक खत्रीले जानकारी दिए ।
२००५ सालमा स्थापना भइआएको विद्यालय २०७४ सालमा नमूना विद्यालयको रुपमा घोषित भएको हो ।कक्षा १ देखि १२ सम्मका कक्षाहरु सञ्चालन हुदै आएको विद्यालयमा २०७०देखि प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्मका कक्षाहरुमा कृषि विज्ञान र विज्ञान संकायका कक्षाहरु सञ्चालन हुदै आएको विद्यालयले जनाएको छ ।साथै गलकोट क्षेत्रमै सामुदायिक र संस्थागत विद्यालयहरुमध्येमा एसइइ परीक्षामा गत बर्ष र यो बर्षमा सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयको रुपमा परिचित रहेको विद्यालयका प्रधानाध्यापक खत्रीले जानकारी दिए । हाल विद्यालयमा झण्डै १ हजार विद्यार्थीहरुले अध्ययन गदै आएरहेका छन् ।












