हरिश ढकाल-बुटवल /बिशेषगरि सवारी दुर्घटनामा परि घाईते भएकाहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्र्ने उद्देश्यले लुम्बिनी साना तथा मझौला ढुवानी संघले बेलाबेलामा रक्तदान कार्यक्रम गर्दै आएको छ । संघको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले बताएका छन । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
सो अवसरमा प्रनाउ भट्टराईले दुर्घटना न्यूनिकरण गर्न र दुर्घटनाबाट बच्नका लागि संघले गर्दै आएको कामको प्रशंसा गर्दै सामाजिक क्षेत्रमा योगदान गर्ने संघ र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा लुम्बिनी साना तथा मझौला ढुवानी संघका अध्यक्ष लक्ष्मण क्षेत्री, कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष दिनेश थापा, महासचिव सुमन सापकोटा लगाएतले बढ्दो सवारी दुर्घटना र रगतको आवश्यक्ता परिपुर्तीका लागि नियमित रक्तदान आवश्यक रहेको बताएका थिए । संघले विगत देखिनै नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र रक्तदान गरि घाईते तथा बिरामीहरुको अमुल्य जिवन बचाँउ भन्ने सन्देश प्रबाह गर्न रक्तादानको अभियान थालिएको अध्यक्ष क्षत्रीले बताए ।