वर्तमान सरकारले रेशम चौधरी माथि अराजक व्यबहार गर्यो – पुर्ब गृह राज्य मन्त्रि रिजवान अन्सारी
इमरान खान/काठमाडौं – नेपाल सँघीय समाजवादी पार्टीका अध्यक्ष एवम पुर्ब गृह राज्य मन्त्रि महोमद रिजवान अन्सारी रेशमलाल चोधरीलाई भेटेका हुन ।फोक्सो र बोनम्यारोको गम्भीर समस्याका कारण उपचारका लागि डिल्ली बजार जेलबाट वीर अस्पतालमा बिहीबार भर्ना गरिएको र खुट्टामा नेल लगाइएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि अन्सारीले विर अस्पताल गएर भेट गरेका हुन । अन्सारीले जिल्ला अदालत कैलालीबाट सजाय पाइसकेका रेशमलाई हतकडी र १४ किलोको नेल लाउनु अत्यन्तै गलत र नियमसंगत नभएको बताएका छन ।सरकारले आफैले बनाएको ऐन कानुन बमोजिम २०२० सालको नियमले कुनै पनि कैदिलाई यसरी नल र हतकडी लगायनुगलत रहेको ठहर गर्दै वर्तमान सरकारको आलोचना समेत गर्नु भयो ।
उनले भनेका छन यो पनि रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार टीकापुर थारू विद्रोहयको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो उनले प्रश्न गरेका छन ।अध्यक्ष अन्सारीले वर्तमान सरकारकोले माननीय रेशमलाल चौधरीसँग राज्यले गरेको यो व्यावहार नशलीय बिभेदको निकिष्ट नमुना रहेको ठहर गर्दै सरकारको यो व्यावहारको घोर भत्सर्ना र निन्दा गर्नु भएको छ । साथै भेटघाटको क्रममा माननीय चौधरीको स सम्मान रिहाईको सरकारलाई दबाव दिने र सरकारले वेवाष्ता गरे जनआन्दोलनको बलबाट रिहा गर्न बाध्य पार्ने आशवाशन दिनु भयो ।












