आजको राशीफल तपाईको दैनीक कस्तो रहन्छ

प्रकाशित मिति:

आज २०७६असार २८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ  मेष आजको दिन तपाईका लागि अशुभ छ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारीको अबसर जुर्ला । धार्मिक आस्था बढ्ने ।बृष बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रामा पनि अवरोधको सम्भावना, खर्च बढ्ने छ । मिथुन महत्वपूर्ण निर्णय नलिनुहोस्, जोखिम बढ्ने सम्भावना छ, महिला साथीबाट टाढै रहनुहोस् । पारिवारिक समस्या हट्नेछ ।

कर्कट सही निर्णय लिनुस् । सही निर्णयले गन्तव्यमा पुग्न सफल हुनुहुनेछ । आकस्मिक लाभ हुनेछ । नयाँ कामको अवसर । सिंह आज तपाईका लागि रमाइलो दिन छ । मस्तसँग समय व्यतित गर्नुस् । मान–सम्मान मिल्नेछ । अध्ययनमा सफलता । कन्या राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ।मानसिक चिन्ताले सताउनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । तुला जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । काममा सफलता मिल्नेछ । अध्ययनमा रुची । बृश्चिक जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । आर्थिक क्षेत्रको विवाद समाधान होला । मित्रजनबाट धोका हुन सक्छ । धनु केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । घरायसी कलह हट्नेछ । मकर पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । आँटेको काम पूरा होला । कुम्भ कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बोलीमा प्रभाव बढ्ने । मीन पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अध्ययनमा बाधा, चोटपटक लाग्न सक्छ