अर्जुन ज्ञवाली-
निकै दौडिएका पैतालाहरु
आज आराम खोज्दैछ्न
मसान्तसम्मका क्रियाशिलताहरुले
केहिदिन विश्राम गर्दैछन
बर्ष भरी पल्टाइरहेका
हिसाबकिताबका ठेलीहरु
आज बन्द हुदैछ्न
असारे किसान
खेतमा खोक लगाउदा
आकाशमा
गड्याङ्ग गुडुङ्ग चल्दा
जोसजोसले मेलामा
कोदाली खन्दा
बाढी र पहिरोले धावा बोल्दा
यता भने खातापाता कै चर्चा छ
असामीलाइ
ब्याज किस्ता तिर्नुछ
साहुका बहिखाताहरु
च्याटचुट काट्नु छ
कर भ्याट मिलान गर्नु छ
जिन्दगीको लागि
पैसा हो कि
पैसाको लागि
जिन्दगी हो
बडो अलमल छ यहाँ
कारोबारमा
मान्छेहरु बिच
बिश्वासको निकै
दलदल छ यहाँ
एउटा जरुरी काम
जरुरी कारोबार गर्नुछ
घरघडेरी जोड्नु छ
एउटा ब्यावसाय गर्नु छ
बिदेश पठाउनु छ
यस्तै थुप्रै योजनामा
काडेका रुप्पेहरु
जरुर फिर्ता गर्नु छ
असार मसान्तिमा मै चुक्ता गर्नु छ
तर आज एकदिन मै
समय बद्लिएको छ
मसान्तीबाट सक्रान्ती आएको छ
असार टुन्ङिएर आउने मसान्ती
साउन शुरु भएर आउने सक्रान्ती
दुईको अरुभन्दा फरक छ चिनारी
मसान्तले हिसाब बन्द गर्न भन्छ
सक्रान्तीले शुरु गर्ने भन्छ
बन्द र शुरुका यी दुई सारथि
असार मसान्ती
साउन सक्रान्ती












