उत्तरपुस्तिकामा नम्बर थपघटको आरोप लागेका त्रिवि पूर्वकर्मचारीद्वारा छैटौं तलाबाट हामफालेर आत्महत्या
काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हामफालेर आत्महत्या गरेका छन्। परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका पाण्डेले बिहीबार त्रिपुरेश्वरस्थित एक घरको छैटौं तलाबाट हामफालेका थिए। ल फर्ममा जाँदा वकिललाई नभेटेपछि तनावमा रहेका उनले सोही भवनको तलाबाट हामफालेका थिए। उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए।
त्रिविका उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरी आफन्तलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।












