यो समएले ज़िन्दगी कस्तो धारमा राखिदियो

प्रकाशित मिति:

यो समएले ज़िन्दगी कस्तो धारमा राखिदियो
खुट्टा भॉचिदियो बैशाखीको सारमा राखिदियो

न आफुले सोचे जस्तो हुन्छ न सबै पाईन्छ
ज़िन्दगी जिबन मरणको दोधार मा राखिदियो

मर्न गार्हो हुन्न भन्छन् हो रहेछ बॉच्न सजिलो छैन
अघि बड़ी पार गर्न नसक्ने जघॉरमा राखिदियो

झुटो संसारि निति नियमको पालना गर्दा गर्दै
यो ज़िन्दगीको कसौटी को हारमा राखिदियो

कुनै डाक्टरले निको बनाऊन नसक्ने रोग कस्तो
आगो बिना मुटु जलाई करेण्टको तारमा राखिदियो
 शारदा क्षेत्रि हाल न्युयोर्क अमेरिका