काठमाडौं, ११ श्रावण –भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएलमुन्जलविश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैर नाफा मुलक विश्वविद्यालयले आज नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ । बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रमम ाकक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ का लागि“द राइजअफ इन्डिस्ट्री ४.०– एक शिक्षा जसले युवाहरु लाई भविष्यको कामका लागी तयारी गर्दछ”भन्ने नारा रहेको छ ।कार्यक्रमको शुरुवात कमन फाउण्डेसन प्रा.लि.का सीईओ श्री सन्तोष प्याकुरेलको स्वागत मन्तव्यबाट गरेका छन् । त्यस पश्चात बिएमएलमुन्जल विश्वविद्यालयक : भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमाआफ्नो धारणा राख्नु भएको छ । नेपाली विद्यार्थीहरुका लागि भर्ना गर्ने प्रकृया र छात्रवृत्तिका विषयमा बिएमएलमुन्जलविश्वविद्यालयका निर्देशक श्री अमित शर्माले जानकारी गराएका छन् । यस कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको छ ।
बिएमएलमुन्जलविश्वविद्यालय पूर्ण रेजिडेन्सलतथा सह–शैक्षिक निजी विश्वविद्यालय हो जुन भारतको नयाँ दिल्ली नजिकै गुडगावमा अवस्थीत छ । विश्वविद्यालयले भारतमा अभिनव शिक्षण, अध्ययन र अनुसन्धानको वातावरण स्थापना गरेको छ । क्याम्पसको स्टेट–अफ–आर्ट प्रयोगशाला र वर्कशपले विद्यार्थीहरुलाई सामाजिक समस्याहरुको वास्तविक समाधानहरु खोज्न मात्र सहयोग नगरेर देश तथा विदेशका उच्च स्तरीय अनुसन्धानकर्तालाई बिएमयूमा आउन प्रत्सोहान गरेको छ । सीमेन्स, सेल, आईबीएम, इन्टेलल्याण्ड हिरो मोटर कर्पोरेसनको साझेदारीमा भएका प्रयोगशालाहरु उल्लेखनीय छन् । डा.मनोज अरोडाले बिएमयूमा नेपाली विद्यार्थीहरुको प्रभावशाली उपलब्धी र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरेर कसरी विद्यार्थीहरुलाई भारतमा उच्चशिक्षाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमाजानकारी गराएका छन् । बिएमएलमुन्जलविश्वविद्यालयकाभाइस चान्सलर डा. मनोज अरोडाले भन्नुभयो, “अन्तर्राष्ट्रिय बेन्चमार्कको शिक्षा र सीप प्रदानगर्नका लागिबिएमयूमाविश्वभरका विविध समुदायकाविद्यार्थीहरु रहेका छन् । हामीले बिएमयूकाविद्यार्थीहरुलाई उद्योग तयारी व्यक्तित्वहरु बनाउँछौं जो स्नातकको पहिलो दिनदेखि नै नेतृत्वदयीजिम्मेवारी समाल्न योग्यहुनेछन् ।बिएमयू नेपालीविद्यार्थीहरुको भाईचारादेखि निकै प्रसन्न छ । हाम्रो नेपालीविद्यार्थीहरुले निकै राम्रो गरिरहेका छन्, एक जना नेपालमा सफलउद्यमीभइसकेका छन् भने अर्को एक जना अमेरिकीआधारित भारतको डिल्लमा रहेको एमएनसीमा सफल डेटा एनालिस्ट भइसकेका छन् ।”
विश्वविद्यालयको अनुभवमाआधारित अध्ययनमोडल रहेको छ जसले विद्यार्थीहरुलाई भविष्यमा नेतृत्वगर्न योग्यहुने गरि रुपान्तरण गर्ने उद्देश्य लिएको छ । यस मोडलमा, मुख्यकम्पनीका इन्डिस्ट्री लिडरहरु संकायका हिस्सा रहेका छन् जसले विद्यार्थीहरुलाई वर्तमान रियल लाइफ केश स्टडीहरु प्रयोग गरेर बिजनेस म्यानेजमेटको भिन्नताहरु सिकाउछन् । विद्यार्थीहरु व्यावहारिक कार्य समस्याहरुमाकामगर्दै, एकसाथ ज्ञान र अनुभवविस्तार गरेर उद्योगकालागितयार बनाइन्छ । शैक्षिकवर्ष २०१९–२०२० देखि बिएमयूले ८ वटा स्नातक पाठयक्रमहरु थपेको छ जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् । विश्वविद्यालयले बीटेक पाठयक्रमहरुमा पनिविशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकलइन्जिनियरिङमा अटोमोबाइलइन्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमाविशेषज्ञता, सिभिलइन्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवलम्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथाकम्यूनिकेसन इन्जिनियरिङमा इन्टरनेट अफथिङमाविशेषज्ञता र कम्प्यूटर साइन्स तथाइन्जिनियरिङमा साइबर सेक्यूरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समाविशेषज्ञता प्रदान गर्दछ ।












