मुनलाइटमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

भैरहवा । भैरहवाको मुनलाइत आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता सम्पन्न भएको हो ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शैक्षिक क्यालेण्डरको आधारमा कार्यक्रम आयोजना गरेको विद्यालयका जनसम्पर्क अधिकारी टिकाराम भट्टराईले बताए ।विगतमा छोरी चेलीलाई माइत बोलाएर एक दिन दर खुवाउने चलन रहेता पनि अहिले समाज परिवर्त हुँदै १ महिना सम्म दरखाने चलले मौलिकता हराउँदै गएको विद्यालयका प्राचार्य राजेशराज जोशीले बताए ।विद्यालयकी शिक्षिका बिना भण्डारीले तीजलाई भड्किलो नबनाई मौलिक परम्परागत रुपमा मनाउनु पर्ने बताइन् ।