जनमत पार्टी द्वारा दिपावाली तथा छठ पर्बको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
डा. सिके रावत निकट जनमत पार्टी द्वारा दिपावाली तथा छठ पर्बको अवसरमा रुपन्देहीको गैडहवा
इमरान खान/कपिल्बस्तु – डा. सिके रावत निकट जनमत पार्टी द्वारा दिपावाली तथा छठ पर्बको अवसरमा रुपन्देहीको गैडहवा गाउँपालिका वार्ड नं. ३ मा शुभ दिपावाली तथा छठ पर्बको अवसरमा शुभकामना अदान प्रदान गरेका छन । जनमत पार्टीको अधिकार, सम्मान तथा स्वतन्त्र रहेरा संघर्ष गर्ने भ्रष्टाचार बिरुद्ध निरन्तर अवाज उठाउने कार्यक्रमका ब्क्ताहरुले भनेका थिए ।

उक्त कार्यक्रम वाड नं. ३ का संयोजक लाल्लन प्रसाद कोहारको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला अध्यक्ष भोपेन्द्र प्रसाद यादव अतिथिहरुमा युवा नेता संजय कुमार मिश्र ,चन्द्र शेखर सुनार , संतराज कुर्मी, सागर बर्मा, बिकाश लोध, सुनिल यादव, ओमप्रकाश यादव, सिकंदर सिंह लगायत हजारौ जनता एवम कार्यकर्ताको उपस्तिथीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमका बारेमा युवा नेता संजय कुमार मिश्रले जानकारी गराउनु भएका थिए ।












