उपचुनावको तयारीबारे छलफल गर्न कांग्रेसले बैठक बोलायो

प्रकाशित मिति:

काठमाडौं – आसन्न उपचुनावको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक ७ गते बैठक बोलाइएको हो । बैठकले कास्की २ को उम्मेदपवार टुंगो लगाउने सम्भावना छ ।

स्रोतका अनुसार धनराज गुरुङ देवराज चालिसेलगायतका नेताहरुको नाममा छलफल भइरहेको छ । यस्तै प्रदेश र स्थानीय तहका उम्मेदवारबारे पनि बैठकमा छलफल हुनसक्ने एक नेताले बताए ।