सरकारबिरुद्ध आन्दोलनका लागि तयार रहन देउवाको तरुण दललाई निर्देशन (फोटो फिचर)
काठमाण्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलले जुनसुकैबेला आन्दोलनका लागि तयार रहनुपर्ने बेला आएको बताएका छन् । लोकतन्त्र मास्नका लागि नेकपा दुईतिहाई मतको सरकार हर क्षेत्रबाट लागि परेको बताउँदै नेपाली काँग्रेसले वाईडबडी, निर्मला बलात्कार र हत्या काण्ड, टेलिकम फोरजि काण्डा, एनसेल कर प्रकरण, मिडिया बिधेयक लगायतका सरकारका गलत कृया कलापका बिरुद्धमा सडक आन्दोलन गर्ने तयारी गरिरहेकाले उक्त सरकारका जनबिरोधी गतिबिधिका बिरुद्ध आन्दोलन गरिरहेको तरुण दलले यसपटक पनि जुझारु भएर लाग्नुपर्ने हुँदा त्यसका लागि तयार रहन तरुण दललाई निर्देशन दिएका छन् ।
तरुण दलले पार्टी केनद्रीय कार्यालय सानेपामा आयोजना गरेको आफ्नो स्थापना दिवशको अवशरको कार्यक्रममा प्रमुख अतिथीको रुपमा निम्त्याईएका सभापति देउवाले जनबिरोधी गतिबिधि बढिरहे तरुण र बिद्यार्थी त्यसका बिरुद्धमा आन्दोलनमा लाग्नुको बिकल्प नरहेको बताए । उनले तरुण दलले बिध्वंसात्मक कृयाकलाप भने नगर्ने सभापति देउवाले जिकिर पनि गरेका छन् । कार्यक्रममा उपसभापति विजय गच्छदार, धनराज गुरुगं, सहमहामन्त्री डा प्रकाश शरण महत, शंकर भण्डारी, बालकृष्ण खाँण, उदय शम्सेर राणा लगायतका नेताहरुको उपस्थिति थियो । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तिहार र छठ लगत्तै तरुण दलले आन्दोलन गर्ने बताए ।
फोटोफिचर:

















