नबुझ्ने म कहॉ छु र?

प्रकाशित मिति:

 

नबुझ्ने म कहॉ छु र ? एक्क्काइसौ शताब्दीकी नारी
हिरा भिराइ दिनुस वा ढुड्गा, मान्ने छैन भारी

खाल्डो अनि भिराललोलाइ आफै सम्म बनाउछु
दुख सुख मिसाएर आफैसगं रमाउछु

लागे नी दॉतमा ढुड्गां मिलाएर चपाउछु
शिला लेख उतारेर अनलाइनमा छपाउछु

पढेकी छु जागिरे हु सहनशिल छु सधैभरी
देखाइन आशु अन्त झरे पनि कसै गरी

टाटा टाटी अनुहारलाई श्रीगॉरले सजाउछु
बालुवा नी रंगाएर सिन्दुर झै बनाउछु

घुर्क्याउन्न पतिलाइ नि हेर माइत जान्छु भनी
थर्काउन्न शाशु आमा गाउंमा कुरा काटछु भनी

फाटेको चोली टालेर इज्जत सबको जोगाउछु
झार्न हुन भनी आशु नयन भित्रै दबाउछु

हार खान्न पिडासंग चुनौति मै रमाउंछु
आधा आकाश आधा धर्ति त्यसै बिच हराउछु

राधा अर्याल : स्याङ्जा हाल क्यानडा