स्वदेश अनि आफन्तलाइ छोडेर जादैछु

प्रकाशित मिति:

स्वदेश अनि आफन्तलाइ छोडेर जादैछु
मातृ भुमिको मिठो माया जोडेर जादैछु

मुस्कुराउदै जन्म भुमिमा रमाउदै थिय
मुटु दुखाउदै क्षितिज पारी मोडेर जादैछु

आनन्दित हुन्थे साग र सिस्नु खाएको बेला
सम्झनामा सिमित हुदै दिल तोडेर जादैछु

दुख गरि आफन्तले हुर्काएको प्रेमको बिरुवा
बिबस्तामा ममता बिहिन बनी गोडेर जादैछु

गार्हो हुदो रहेछ आफ्नो घर परिवार छोड्नलाई
हृदयमा गाठो पारी आखामा ऑशु भरेर जादैछु

रचनाकार शारदा क्षेत्री
चितवन नेपाल हाल अमेरीका