नेपाली भूमिमा वाह्य अतिक्रमण अस्वीकार्य– नेता कोइराला

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली भूमिमा बाह्य अतिक्रमण स्वीकार्य नहुने प्रष्ट पारेका छन् । आइतवार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको बताए ।

उनले नेपाली भूमीमा बाह्य अतिक्रमण स्वीकार्य नहुने र यस्तो बिषयमा सम्झौता हुन नसक्ने बताएका छन् । उनले सरकारले राष्ट्रिय समहति अनुरुप गुमेको भूमि फिर्ता लिन तत्कार कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । ‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन’, नेता कोइरालाले भनेका छन्रा,’ष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु।’

थप समाचार