सानुबाबु सिलवाल– ३ किसिमका ऋणबाट गुज्रिरहेका छन नेपालिहरु अमेरिकामा समग्रमा भन्नुपर्दा। तपाइहरुलाइ कौतुहलता लाग्ला के के हुन तिरु कतिले लख काटिसके ति ऋणहरुका किसिम जो भुक्तभोगिहरु छन। अमेरिकन लाइफ यहि ऋणहरु चुक्ता गर्दागर्दै डुब्छ धेरैका। अरु खत्राकखुत्रुक ऋण, फानान्सियल लायाबिलिटी, आर्थिक बोझ एबम जिम्मेवारिलाइ मैले उतिसारो जोड दिइन यो सानो लेखोटमा। घर किन्न फुल पेमेण्ट जरुरि भएन। एकै सुका नतिरिकनै गाडि पाउन सकिन्छ, भेनेको बेला, डलरले खाच्चै भएका बेला क्रेडीट कार्डबाट मनग्गे खर्च गर्न पाइयो। सपिङ्ग महलमा भनेजति सामान किन्न पाइयो यदि सपिङ्ग क्रेडीट कार्ड भएसम्म। तर, समयमै नतिर्दा, तिर्न नसक्दा र तिरनतारनको जिम्मेवारिबाट भाग्न थाल्यो भने अमेरिकामा क्यासमा काम गरेर क्यास मात्रै ह्यान्डि कारोबार गरे मात्रै नत्र जिवन लगभग सकियो भनेर जान्दा हुन्छ यो मुलुकमा। तिर्न, खल्तिमा, बैङ्कमा, सिरानिमा, थैलिमा र वालेटमा डलर नटूटाउने हो भने कस्सेर काम गर्नु पर्यो लगभग ७० घन्टा हप्तामा जो अधिकतम वर्किङ्ग क्लासका छन। मनग्गे कमाउने हाइ पेडहरुलाइ यो दर्जामा राखिन मैले अहिले। तिनका कथाब्याथा उल्लेख गर्न चाहि अर्कै लेख लेख्दैछु।
सकस दिने ॠणहरु उल्लेख गर्न भुलेछु लेख्दालेख्दै। एक घरको मोर्गेजले टाउकोको गिदि उफार्छ धेरैका अमेरिकामा। अर्काको लहैलहैमा लागेर, अर्को धुरि चढ्यो म पनि रुख चढेर देखाउनेहरु, आफ्नो फाइनान्सियल कपासिटिलाइ नजरान्दाज गरि, आफ्नो कमाइको घाटी नहेर्नेहरु, परिबन्दमा परि, समय र परिस्थितिले साथ नपाइएकाहरु घर किन्ने र त्यो घरको मोर्गेज,ऋण बैङ्क, फाइनान्सियल कम्पनि, ओनर र बित्तिय सस्थाहरुलाइ तिर्दातिर्दै कपाल फुल्छ, ज्यानका अङ्गहरु झर्न थाल्छ र मानिसलाइ थकित बनाउने गर्दछ यो घरको ऋणले अमेरिकामा। यो ऋणमध्ये ठुलो बोझ हो अमेरिकामा। घरका बुढाबुढि रातदिन घोटिएर, ढाड खुस्कने गरि काम गर्दा पनि धौधौ छ धेरैलाइ यो मोर्गेज तिर्न। हिजोआज त घर किन्ने, वार्मिङ्ग भोज दिने र भोलिपल्टै घरका अधिकाश रुमहरू भाडामा दिएर आफुचाहि एउटा रुममा खुम्चिएर मोर्गेज तिर्दैछन धेरैजस्तो। डाइनिङ्ग रुममा, किचनमा पर्दा हालेर पनि मोर्गेज तिर्नैका लागि घर भाडामा दिएर आफु बेसमेन्टको कुनाकन्तरामा थन्किनेहरु पनि देख्दैछु। १५ बर्ष, २० बर्ष, ३० बर्षसम्म घरको मोर्गेज ऋण तिर्दातिर्दै हिड्ने बेला हुन्छ धेरैका।
दुइ गाडीको ऋण अर्को हेड्याक हो अमेरिमामा। ठुला शहरमा जहा सार्बजनिक यातायात छ उनिहरु यहि ऋणको बोझले गाडी किन्दैनन तर अमेरिकामा गाडि भएन र आफैले गाडी नचलाए धेरैका लाइफ चौपट्ट हुन्छ। गाडि किन्न सेकेन्ड हेन्ड हजार देखि माथि र नया गाडि हेरिहेरि २५ हजार भन्दा माथि पर्ने गर्दछ। सेकेन्ड हेन्डका लागि सानो रकम क्यासमै किन्न सकिन्छ तर नया गाडि, नया मोडल र पछिल्ला बर्षहरुका गाडी फाइनान्स नगराए सुखै छैन। त्यसका लागि क्रेडीट हुनु पर्यो अर्थात भएका मानिसले कोसाइनर बसिदिनु पर्यो। यो ऋण १२ महिना देखि ७२ महिनासम्ममा तिरि सक्नु पर्यो। तिर्न नसके गाडि मालिक कम्पनि वा फाइनान्स कम्पनिले रिपो अर्थात उठाएर लगि दिन्छ। समयमै तिर्नु पर्यो, समय समयमा ३ हजार माइल देखि ५ हजार माइलसम्म तेल, मर्मर्त सम्भारको खर्च, बिमा खर्च मासिक, ट्याग र कर तिर्नु पर्यो, कतिपय ठाउमा पार्किङ्ग शुल्क पनि। गाडी ठोक्किदा डिडक्टेबल शुल्क, कहिलेकाहि फुल लायाबिलिटी, दैनिकि फ्युलको खर्चका साथमा मासिक पेमेन्ट नतिरे सुखै छैन। तेश्रो ॠण( चाहि क्रेडीट कार्ड हो अमेरिकामा। ठुलै सास्ति र टाउको दुखाइ हुन्छ यो क्रेडीट कार्डको ॠण। पाएको बेला, जथाभावि मनपरि खर्च गर्यो आखा चिम्लेर सित्तैमा आए जस्तो तर तिर्ने बेलामा अनि शुरु हुन्छ सकस। एक वा सो भन्दा बढि क्रेडीट कार्ड, सिमित समय पछि बन्दै गरेको क्रेडिट हिस्ट्रिबाट हौसिएर, उत्तेजित भै जथाभावि खर्च गर्ने र तिर्नेबेलामा आफ्नो पेचेकले नधान्ने भएपछि धेरैले क्रेडिट बर्बाद बनाएका छन अमेरिकामा। कम क्रेडीट कार्ड, खर्च गर्ने, समयमै सबै तिर्ने र रेगुलर यो भन्दा बाहेक अर्को उपाय छैन। त्यसैले आफ्नो घाटी हेरि हाड निल्नु, फाइनान्सियल ब्यबस्थापन गर्नु इमान्दारिता पुर्बक। अब रह्यो अन्य सपिङ्ग महलका क्रेडिट कार्डहरु पनि त्यस्तै हो। मौका मिल्दा र बुझ्दै नबुझि, हौसिएर सपिङ्ग कार्ड लिने, सामान किन्ने र उक्त ॠण तिर्दातिर्दै हैरानि खेप्नेहरु पनि मनग्गे छन अमेरिकामा।












