ज्ञानकुञ्ज र सगरमाथा दोस्रो चरणमा

प्रकाशित मिति:

स्वस्तिक श्रेष्ठ/बुटवल-रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा ज्ञानकुञ्ज बोर्डिङ स्कुल र सगरमाथा स्कुल विजयी भएका छन । बुधबार भएको पहिलो खेलमा ज्ञानकुञ्जले पर्ल बोर्डिङ स्कुललाई ५८ रन तथा सगरमाथा बोर्डिङ स्कुल देवदहका ८ विकेटले विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका हुन । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा ज्ञानकुञ्जले टस जितेर ब्याटिङको निर्णय गर्दै पुरै २० ओभरमा बिना कुनै विकेटको नोक्सानी १ सय ५७ रनको योगफल तयार गरेका थिए ।
ज्ञानकुञ्जका लागि ओपनर ब्याट्सम्यानहरु पारस भण्डारी र राहुल भण्डारीको जोडीले नटआउट हुदै शानदार ब्याटिङ गरेका थिए । पारसले आफनो अर्धसतक पुरा गरे भने राहुलले ४५ रन जोडेका थिए । मध्यम लक्ष्य पछ्याएको पर्लका ब्याट्सम्यान पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा केवल ९८ रनमात्र जोड्न सके ।

पर्लका लागि बिशाल न्यौपानेले १२ तथा सन्दिप राईले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न ज्ञानकुञ्जका दिप थापा र मिलन भण्डारीले समान २–२ विकेट लिएका थिए । खेलमा ज्ञानकुञ्जका पारस भण्डारी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्न मैदान छिरेको साई ग्लोबलका ब्याट्सम्यान १३.३ ओभरमा ४८ रन अल आउट भएको थियो । कम स्कोरमा रोक्न सगरमाथाका सोहम ढकालले शानदार ५ विकेट लिए । सगरमाथाका ब्याट्सम्यानले २ विकेटको नोक्सानीमा लक्ष्य भेटाएका थिए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत विहीबार ईलिट बोर्डिङ स्कुल र दुर्गा शैक्षिक केन्द्र तथा नवज्योती स्कुल र सनसाईन ई बोर्डिङ स्कुलका बिचमा दुई खेल हुनेछन । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।प्रतियोगिताको संयोजक शक्ति गौचनले प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।