काठमाडौँ /जीवनका लागी महत्वपूर्ण एवम् लाभदायक मन्त्रका रुपमा वेदमा लेखिएको गायत्री मन्त्रलाई निकै शक्तिशाली मन्त्र मानिन्छ ।गायत्री मन्त्रलाई हिन्दू धर्मको सर्वोच्चम मानिने ५ वटा वेदमा नै वर्णन गरीएको छ । वेदका अनुसार दैनिक ३ पटक गायत्री मन्त्रको जप गरेमा आसपासका नकारात्मक शक्तिले कहिल्यै असर नपार्ने बताइएको छ ।जागिर, ब्यवसाय, पेशा होस् वा विद्यार्थी तथा घरेलू हर कोहिका लागी गायत्री मन्त्रको जप कष्ट निवारण गर्ने माध्यम मानिएको छ । विद्यार्थीका लागी त यो मन्त्र निकै लाभदायक मानिन्छ ।
नियमित १०८ पटक गायत्री मन्त्रको जप गर्ने विद्यार्थीलाई सबै समस्याबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ । साथै अध्ययनमा समेत रुचि बढ्ने गर्दछ । व्यापार तथा ब्यवसाय गर्ने ब्यक्तिका लागी समेत यस मन्त्रको नियमित उच्चारण मात्रले कुनै पनि हानि वा असफलताबाट बचाउने गर्दछ ।
जान्नुहोस् गायत्री मन्त्रको अर्थ
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्यः धीमहि धियो यो नः प्रचोदयात् ।अर्थात यस मन्त्रको अर्थ, “ॐ ईश्वर, भूर् प्राणस्वरूप, भुवः दुखनासक, स्वः सुख स्वरूप, तत् उस, सवितुस् तेजस्वी, वरेण्यं श्रेष्ठ, भर्गो पापनाशक, देवस्य दिव्य, धीमहि धारण गर, धियो बुद्धि, यो जो, नः हाम्रो र प्रचोदयात् प्रेरित गर्ने” रहेको छ ।
गायत्री मन्त्र जप गर्दा ध्यान दिनुपर्ने ७ कुराहरु
१। गायत्री मन्त्र जप गर्दा सही स्थितिमा आसनमा बस्नु पर्दछ ।
२। जप गर्ने समय सूर्योदयभन्दा २ घण्टा अघिबाट सूर्यास्तको एक घण्टापछिसम्म रहन्छ ।
३। यस मन्त्र जप गर्न नुहाएर सफा भई, सफा तथा शुद्ध कपडा धारण गर्नुपर्दछ ।
४। यदि मालामा मन्त्र जप गर्ने हो भने १०८ दाना भएको माला लिएर गर्नुपर्दछ ।
५। यस मन्त्र जप गर्दा हतारमा उच्चारण गर्नु हुदैन, यसको महत्व र अर्थ बुझेर गर्नुपर्छ ।
६। अध्ययन शुरु गर्नुअघि गायत्री मन्त्रको जप गर्नु उत्तम हुन्छ ।
७। गायत्री मन्त्रको उच्चारण अनिवार्य सही र शुद्ध हुनुपर्छ ।












