अर्जुन राज पन्त
हल्लिएन पात त्यो पक्कै नलाइकन हावा
लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा
नव बुद्ध,अघोरी र सिद्ध अनेक थरी
थरी थरी महिला कान्ड अहिले जगत भरि
सिद्ध हो कि गिद्ध हो त्यो बाबा नाामधारी रु
तुलसी माला बोक्नि हातमा भक्तिनीका सारी
आश्रम हो कि बेश्यालय कस्तो खालको कार्यरु
बर्षौ देखि राशलिला कस्तो बर्ह्मचार्य
कोहि भन्छ बाल बुद्ध कोहि भन्छ सिद्ध
रामनामीको खोल ओडेर बस्या हुनकि गिद्ध

गेरुधारी बस्त्र ओडि प्रचार भक्ति भाबको
सम्मोहनको जालमा पारि खेला रति रागको
कुन बिद्ध्याको सिद्धि हो त्यो क्यारि तिनले पाएरु
गरिखान गार्हो भो कि यस्तो जुक्ति लाए
जोगी हुन कि ढोगी हुन् ति बाबा नामधारीरु
ठगी खान पल्किएका पृथ्वीका भारि
नजानेको केहि छैन सर्बज्ञ रे उनि
गाँजा तानि गफ लडायो लगाइ शिब धुनि
भैंसी दानको बिधि देखि निसन्तानको खोजि
गरेकै छ सबै कृत्य मान्छे रोजि रोजि
शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि
खडा गरि आश्रम त्यहाँ गर्यो मन परि
जब पोल्छ असतीलाइ पापले भित्र भित्र
आशिस लिन्छन् त्यहिँ बाबाको बनाइ ठूलो मित्र
यस्ता सङ्ग आशिस लिँदा कस्तो मती आउला रु
सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला
गुरु त्यस्ता रै छन् र पो शिस्य यस्ता भए
मध्य रातमा रक्सि बोकि कान्ड गर्न गए१
ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध
फेर्दिउ क्यारे नाम पनि सिद्धबाट गिद्ध
अर्जुन राज पन्त
ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइली लेखक समेत हुन












