बुटवल/ बुटवल–८, रामनगर स्थित जनता माविको ४७ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्राविधिक र व्यवहारिक शिक्षा दिन विद्यालयलाई आग्रह गर्दै सामुदायिकविद्यालयको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँलेपरिवर्तित सन्दर्भमा गौतमबुद्धले प्रतिपादन गरेको नैतिक शिक्षालाई पनि
विद्यालयहरुले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।अर्का प्रदेश सांसद थानकुमारी थापाले विद्यालयको विकासका लागि व्यवस्थापन समितिसँगै स्थानीय समुदाय, शिक्षक, अभिभावक जिम्मेवार रहनुपर्ने बताउनुभयो ।विशिष्ट अतिथि युवराज गिरीले सामुदायिक विद्यालयको विकास गर्दै शैक्षिक गुणस्तर बढाउने दायित्व सबैको रहेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दीकेशर ढकालले आगामी शैक्षिक सत्रबाटनर्सरीदेखि युकेजी, कक्षा १, ६, ८ र ९ मा अंग्रेजी माध्यमबाट समेत पठनपाठन सुरु गर्नेगरी तयारीभैरहेको जानकारी दिनुभयो । उहाँले शैक्षिक गुणस्तर बढाउन विद्यालयले सरोकारवालासँग छलफल गरेर दिवा खाजाको व्यवस्था समेत मिलाउने बताउनुभयो ।कार्यक्रममा प्रअ आशा बस्नेत थापाले वार्षिक प्रतिवेदन पेश गर्दै ७८ लाख ७८ हजार ७४४ को वार्षिक आयव्याय पेश गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष भीमबहादुर श्रेष्ठ, पूर्व व्यवस्थापन समिति अध्यक्ष माया गौतम, उजिरसिंह माविकाप्रअ पदमराज ज्ञवाली, भगवती ज्ञवाली, जानकी ज्ञवालीलगायतले बोल्नुभएको थियो ।विद्यालयका अध्यक्ष नन्दीकेशर ढकालको अध्यक्षता, सहायक प्रअ गोपाल विष्टकोस्वागत र शिक्षक रामप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।वार्षिकोत्सव कार्यक्रममा पुस्कार र सम्मानपत्रद्धारा विद्यार्थी एवं शिक्षकलाई
पुरस्कृत गरिएको थियो ।












