काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय सानेपामा बस्ने गरी पुस १७ गते दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन लगायतका विषयमा बहुमतको बलमा गरिएका निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूहले बताएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय समितिले गरेका निर्णय फिर्ता नलिएसम्म आफूहरु बैठकमा सहभागी नहुने बताए। ‘सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा गरेका निर्णय फिर्ता नलिएसम्म हामी केन्द्रीय समितिको कुनै पनि बैठकमा सहभागी हुँदैनौं,’ उनले भने।












