प्रदेश ३ को राजधानी हेटौडा : दुई तिहाईले भयो स्वीकृत

प्रकाशित मिति:

हेटौँडा – प्रदेश ३ को प्रदेश सभामा आइतबार भएको मदतानमा स्थायी राजधानी हेटौंटा कायम गर्ने निर्णय भएको छ । प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदानका क्रममा पहिलो चरणमा राजधानी तोक्न भएको मतदानम १०५ जना सदस्य अर्थात दुई तिहाइले निर्णय गरेको हो ।

राजधानीको पक्षमा१०५ मत र विपक्षमा.३ मत परेको थियो । यो मतदानमा १०८ सदस्य सहभागी हुनुहुन्थयो । यस अघि धुलिखेल बनाइयोस भन्ने प्रस्तावममा भएको मतदानमा १०१ जनाले विपक्षमा मतदान गर्नुभएको थियो भने ३ जनाले प्रतावको पक्षमा मतदान गर्नु भएको थियो । प्रदेशसभामा कुल ११० सदस्य रहेकोमा १०४ मतदानमा संलग्न हुनु भएको थियो । पहिलो चरणमा प्रदेशको स्थायी राजधानीको निर्णय भएसँर्ग अब केही बेरमा प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।