शुध्द्धोधनलाई शैक्षिक हवका रुपमा विकास गर्ने प्रदेश सांसद चौधरी को भनाई 

प्रकाशित मिति:

रीमा बि.सी/.रुपन्देही-  शिक्षा क्षेत्रमा सिकाई र बुझाइको एक रुपताका लागि शैक्षिक महोत्सवको महत्वपूर्ण भूमिका रहने प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले बताउनुभएको छ ।
शुध्द्धोधन गाउँपालिकाले मंगलबार फर्साटिकर माविको प्रङ्गणमा आयोजना गरेको दोस्रो शुध्द्धोधन शैक्षिक महोत्सव एवं राष्ट्रपति कप छनौट २०७६ लाई सम्बोधन गर्दे यस्तो कुरा बताउनुभएको हो ।
प्रदेशसभाका सदस्य चौधरीले शिक्षामा सिकाई र बुझाईलाई एक रुपता दिनका लागि अभिभावक,शिक्षक र विद्यार्थीहरुलाई एकै ठाउँमा उभ्याएर एक आपसको सम्बन्धलाई नजिक बनाउने र शिक्षाप्रतिको बुझाइलाई साझा बनाउनर विद्यार्थीहरुभित्र भएका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्ता महोत्वले सहयोग पुग्ने बताउनुभयो । उहाँले शुध्द्धोधन गाउँपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्नका लागि आफुले सक्दो सहयोग गर्ने भन्दै यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको अवस्थाको मापन समेत गर्ने बताउनुभयो । चौधरीले विद्यार्थीहरुलाई कसरी अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सकिन्छ भन्ने विषयमा पनि प्रदेश सरकारको तर्फबाट यस्ता अभियान संचालनका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा शुध्द्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले शुध्द्धोधन गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस्ता कार्यक्रमको आयोजना गरेको बताउनुभयो । अध्यक्ष चौधरीले जबसम्म शिक्षामा परिवर्तन हुदैन तबसम्म आर्थिक समृद्धि हुन नसक्ने भएकोले गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षामा सुधार गरी समृद्ध नेपाल र सुखी जनता भन्ने नारालाई सार्थक बनाउने बताउनुभयो ।कार्यक्रममा शुध्द्धोधन गाउँपालिका ४ का अध्यक्ष तथा शैक्षिक महोत्सव कार्यक्रमका संयोजक राजेन्द्र कंडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न र शुध्द्धोधन गाउँपालिकालाई एउटा नमूना शैक्षिक हवको रुपमा विकास गर्नका लागि यो महोत्सवले सहयोग पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सुधार नगरिकन समृद्ध नेपाल नबन्ने भएकोले शिक्षालाई गरिखाने र व्यवहारिक हुने खालको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शुध्द्धोधन गाउँपालिकालाई नेपालकै नमूना शैक्षिक हवका रुपमा विकास गर्नका लागि आफुहरु सक्रिय भएर लागेको बताउनुभयो ।

शैक्षिक महोत्सवमा १८ वटा सामुदायिक विद्यालय र १० ओटा संस्थागत विद्यालयहरुको उपस्थिती रहेको थियो। तीन दिनसम्म चल्नेछ शैक्षिक महोत्सवमा छात्र,छात्रा भलिवल, ब्याडन्टिन, छात्र फुडसल, प्रावि,निमावि,मावि एक मिटर दौड हिट राउण्ड लगायतका खेलहरु हुने बताइएको छ ।त्यसै गरी मंगलबार १५ सय मिटर दौड प्रतियोगितामा गुरौलियामा मावि शुध्द्धोधन ६ प्रथम, फर्साटिर सिद्धार्थ इङ्गलिस बोडिङ्ग द्धितीय र तिलोत्तमा अंग्रेजी मावि फर्साटिकरले तृतिय स्थान हासिल गरेका थिए । दौडमागाउँपालिकाका १६ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा शुध्द्धोधन गाउँपालिका २ का अध्यक्ष विष्णु प्रसाद बस्याल, प्रमुख प्रशासकिय अधिकृत आनन्दपाणी मरासिनी, शिक्षा शाखा अधिकृत चन्द्रकान्त शर्मा लगायतले शैक्षिक महोत्सवले विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीहरु वीचको सम्बन्धलाई बलियो बनाउने र शिक्षाप्रतिको बुझाईमा एक रुपता हुने बताउनुभएको थियो ।