देउवा समुहद्वारा हातहालाहाल , कुन्दन काफ्ने सामान्य घाइते

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच हात हालहाल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको हो ।

नेविसंघको संस्थापन निकट एक विद्यार्थी नेताले सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीहरुले प्रतिकार गरेको जानकारी दिए ।“पार्टी सभापति बैठकका लागि पार्टी कार्यालयमा प्रवेश गर्दै हुनुहुन्थ्यो । पार्टी कार्यालयकै प्रवेशद्वारमा अनशनरत समूहले अवरोध सिर्जना गर्‍यो,” उनले  भने, “सभापतिलाई अवरोध सिर्जना गरेपछि हाम्रो समूहबाट प्रतिकार भएको हो ।”

कांग्रेसले आज नेविसंघको केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि काफ्ले निकट समूह विरोधमा उत्रिएको छ । उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ । काफ्ले समूह विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै आएको छ ।

सानेपामा रहेको सुरक्षा स्रोतले निवर्तमान महामन्त्री काफ्ले भाषण गर्दै गर्दा केही विद्यार्थीले गमला प्रहार गरेको जानकारी दिएको छ । “काफ्लेजी आफ्नो असहमति राखिरहुनभएको थियो । एकाएक भिडमा गमला प्रहार भयो,” उनले भने, “केही विद्यार्थी घाइते भएका छन् ।” तर, संस्थापन निकट विद्यार्थीहरुले झडममा कोही पनि घाइते नभएको र अहिले अवस्था सामानय भइसकेको दाबी गरेको छ ।