दुखद खबर :चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति:

चितवन/पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । बस र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।