रुपन्देही/ लुम्बिनीमा एक महिलाको शव भेटिएको छ ।मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।












