दिनेश पोख्रेल – योैन समस्या हालको अत्यधिक समस्याको रुपमा देखिएको छ । मुख्यत मधुमेह भएका र मुटुमा समस्या भएका व्यक्ति हरुमा यो समस्या प्रचुर रुपमा देखिएको छ । तर यो समस्याको उपचार सम्भब भएपनी मानिसले यो समस्या लुकाएर मानिसहरु दिनदिनै आफ्नो आत्मबल कमजोर बनाईरहेको अवस्था छ ।
मानिसहरू अस्पताल सम्म त पुग्छन मधुमेह र मुटु सम्बन्धी उपचार त गर्छन यो समस्याको उझागर गर्न नसक्नुले यो समस्यामा पर्दै गईरहेको छ । यो समस्या ८०% मा निराकरण गर्न सकिने समस्या हो तर सामाजिक मूल्य र मान्यता तथा आफ्नो लाज को कारणले गर्दा दिनदिनै पारिवारिक कलहका साथै आफ्नो योैन ईच्छाको घाँटी दबाईरहेको अवस्था छ । यो समस्या वृदाहरुमा देखिएपनी पछिल्लो अवस्था मा १५/१६ बर्ष मा पनि देखिन थालेको छ ।
अझ भन्नुपर्दा मधुमेह र रक्तचापको समस्या भएका मानिसमा समय भन्दा १५/२० बर्ष पहिले देखिने गरेको छ ।
कारणहरू
शारिरिक कारण यी समस्या शारिरिक कारण हुन
१- मुटुरोग को समस्या
२- मुटुको धमनी मा समस्या
३- रगतमा चिल्लोको मात्रा बढि भएको
४ – रक्तचाप
५- मोटोपन
६-मधुमेह
७- दुर्घटना
८- धुम्रपान
९- मध्यपान
मानसिक कारण
१-चिन्ता
२- पारिवारिक समस्या
निराकरण कसरी गर्ने – सर्वप्रथम यो समस्या देखिने बितिकै यो सम्बन्धी काम गर्ने बिज्ञ खोज गरि अाफ्नो समस्या बारे छलफल गर्नुपर्छ र बिज्ञले तपाईलाई आवस्यक परामर्स दिनेछन र आबस्यक्ता परेको खन्डमा औषधीको प्रयोग गरि समस्या निराकरण गर्नेछन ।
यी समस्या भएका मानिसहरुमा ५५% सम्म परामर्स र बाकिमा औषधीको आवस्यक्ता पर्न सक्छ ।










