कौरव खत्री /गुल्मी-गुल्मीको मालिका गाँउपालिकाको आयोजनामा ५ दिने पेसागत विकासका तालिम विहिवार देखि शुरु भएको छ ।तालिममा बोल्दै प्रमुख अतिथि मालिका गाँउपालिकाका शिक्षा शाखा प्रमुख तुल्सीराम न्यौपानेले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरे ।तालिममा गाँउपालिकाका वडा नं। १ देखि ५ वडाभित्रका प्राथमिक विद्यालयमा अंगे्रजी विषय अध्यापन गराउने ३९ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छन् ।
तालिमको पहिलो दिन अन्तर्गत कक्षाकोठामा अंगे्रजी भाषा शिक्षण गर्ने नयाँ तरिका लगायतका विषयमा प्रशिक्षक पुजा ज्ञवालीले सहजीकरण गरेकी थिइन ।
तालिमको कार्यक्रममा वडा नं। २ का वडाअध्यक्ष श्री युद्धवीर घर्तिको अध्यक्षता रहेको तालिममा मालिका गाँउपालिकाका शिक्षा शाखा प्रमुख तुल्सीराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेटा दलिङ्ग माधयमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनिश्वर अर्यालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सोही विद्यालयका शिक्षक बालुराम अर्यालले गरेका थिए ।
त्यस्तै अर्जे माध्यमिक विद्यालयमा प्रावि तहको अंगे्रजी विषयको तालिममा ३० जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको छ । भने तालिमको सहजीकरण प्रशिक्षक सरस्वति भण्डारीले गरेकी छन् ।उक्त तालिममा गाँउपालिका वडा नं। ५देखि ८ वडाभित्रका प्राथमिक विद्यालयहरुका अंगे्रजी विषय अध्यापन गराउने शिक्षक शिक्षकाहरुको सहभागिता रहेको नेटा दलिङ्ग माधयमिक विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी
यसै गरि प्राथमिक र माध्यमिक तहका गणित र विज्ञान एवं अंगे्रजी विषयका तालिमहरु विभिन्न विद्यालयहरुमा केहि दिनमै सञ्चालन हुने नेटा दलिङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्यालले जानकारी दिए ।