नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ ।गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

तर सो निर्णय भएको २ घण्टा नबित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयको निर्णय नमान्ने बताएको सूचनाहरु बाहिरिएसँगै नेकपाभित्र चरम विवाद देखिएको छ ।प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेको बताइन्छ । तर पार्टीले गरेको निर्णय मान्नै पर्ने सचिवालय सदस्यहरुले दबाब दिएपछि ओली अप्ठ्यारोमा पर्दै आएका छन् ।