सरकारविरुद्ध नेविसंघको प्रदर्शन(भिडियो )

प्रकाशित मिति:

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको महामन्त्री युवराज पाण्डेयले जानकारी दीएका छन् ।साथै ७० करोड कमिसनमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति दिन नहुने माग नेविसंघको छ । किताबमा कर लगाएर सरकारले शिक्षालाई महँगो बनाएको र सुरक्षण मुद्रण खरिद प्रकरणमा कमिसन मागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा दिएकै भरमा उन्मुक्ति दिन खोजिएकोले आन्दोलनमा उत्रिएको महामन्त्री भट्टराईले बताए ।