काठमाडौं, फागुन २५ स् मिर्गौला दिने समीक्षा संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने इच्छा गरेकी छन्।
आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न गएका प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग उनले ओलीलाई भेट्ने इच्छा जनाएकी हुन्। प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई समीक्षाले नै मिर्गौला दिएकी थिइन्।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली र समीक्षालाई फरक(फरक वार्डमा राखिएको छ। दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।
समीक्षालाई भेट्न पुगेका प्रधानमन्त्री राजनीतिक सल्लाहकार रिमालले ट्वीट गर्दै उनले ओलीलाई भेट्न चाहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्, ‘मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छरु एक पटक मामालाई भेट्न मन लागेको छ।’












