प्रधानमन्त्री ओली डिस्चार्ज

प्रकाशित मिति:

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। मिर्गौला प्रत्यारोपणको १० औं दिनमा शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्किने क्रममा प्रधानमन्त्री ओलीले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए। प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौलाको पुनः प्रत्यारोपण गरिएको थियो। पूर्वरुपमा स्वास्थ्यलाभपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेम कृष्ण खड्गाले जानकारी दिए।

‘पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको हो,’ अस्पतालका कार्यकारी प्रा। डा। खड्गाले भने। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको पनि उनले बताए। फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण फागुन २१ गते गरिएको थियो।