कपिलवस्तुमा खाद्यान्य, ग्यास, औषधी पसल जस्ता अती आवश्यक वाहेकका सवै पसल वन्द हुने ।

प्रकाशित मिति:

डिलाराम भुसाल  – कपिलबस्तु १० चैत -कोरोना संक्रमणबाट जोगिनको लागी कपिलवस्तुका अति आवश्यक वाहेकका सवै पसल वन्द गर्ने भएको छ । आज सोमवार जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा वैठक वस्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले खाद्यान्य, ग्यास, औषधी पसल वाहेकका सवै पसल वन्द गरीने वताएका छन् । जिल्लाका सवै स्थानिय तहलाई निर्दैशन दिदै तत्काल लागु ग्रर्ने निदेर्शन गरेका छन् । जिल्लामा रहेका उद्योग कलकारखाना, होटल, हाटवजार,बन्द गरिने बताएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले स्थानिय निकायका प्रमुख तथा कर्मचारी विच वैठकको आयोजना गर्दै हरेक स्थानिय तहमा कम्तीमा ६ वेडको क्वारेनटाईन स्थापना गर्न निर्दैशन समेत दिएको छ ।

क्वारेन्टाईन स्थापना नभएका वुद्धभुमी नगरपालिका, विजयनगर गाउपालिका, मायादेवि गाउपालिका, शुद्धोधन गाउपालिका, यसोधरा गाउपालिका, वाणगंगा नगरपालिकामा २४घण्टा भित्र क्वारेन्टाईन स्थापना गर्नु पर्ने निर्णय भएको छ । त्यसैगरी सुचना आदन प्रदानमा सहजताको लागी जिल्ला प्रशासन कार्यालयले सुचना डेस्क समेत स्थापना गरेको छ । सुचना डेस्कले हरेक दिनको गतिविधी रेकर्ड राखिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताएका छन् । सिमामा भारत तथा नेपालबाट आबत जाबत ग्रर्ने हरुको लागी समेत केहि दिनको लागी रोक लगाएको बताएको छ । सिमा क्षेत्रका कडाईका साथ सुरक्षा कर्मि परिचालन भएको कार्यक्रममा वताईएको छ । तत्काल उत्सव महोत्सव लगायतका कार्यक्रम वन्द गर्ने निर्णय समेत भएको छ । विदेश बाट आएका मानिसको विवरण तयार गरी क्वारेन्टाईनमा राख्ने निर्णय समेत भएको छ । विदेश वाट आएका मानिस क्वारेन्टाईन बाट नआए जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय समेत भएको छ ।