घर र पसल देखाउंदै तीन करोड ठगेर फरार , पानीमुनि भएपनि पक्राउ गर्न पीडितको माग

प्रकाशित मिति:

सबलपोष्ट  बुटवल, ११ चैत । रुपन्देहीको सैनामैनामा एक व्यवसायी तीन करोड रुपैयां ठगेर फरार भएका छन् । सैनामैना नगरपालिका–४ मुर्गियाका ५० वर्षिय उत्तमबहादुर श्रेष्ठले ७७ जना व्यक्तिबाट विभिन्न बहानामा लिएको दुई करोड ९५ लाख रुपैयां ७० हजार रुपैयां नतिरी भागेका हुन् । घर र पसल बेचेर परिवारसहित भागेपछि श्रेष्ठलाई रकम दिनेहरु ठगिएको गुनासो गर्दै न्यायका लागि धाउन थालेका छन् । श्रेष्ठका मुर्गिया बजारमा दुईवटा पक्की घर,फेन्सी र फलफूल पसल थिए ।

त्यसैलाई देखेर रकम उठ्ने विश्वासमा उनीहरुले श्रेष्ठलाई रकम दिएका थिए । श्रेष्ठले विभिन्न व्यक्तिबाट ५० हजारदेखि २५ लाख रुपैयांसम्म रकम लिएको गोपाल शर्माले बताए । लेनदेनका केही कागज सैनामैना नगरपालिका वडा नंं. ४ को वडा कार्यालयले नै गरिदिएको छ । उत्तमबहादुरले कसैसंग छोरालाई जापान पठाउन, कसैसंग पसलमा सामान थप्न, कसैसंग घडेरी किन्न,कसैसंग छोरीको डिभोर्स हुन लागेकाले समस्या परेको भने रत कसैसंग बुटवलमा फाइभ स्टार होटल किन्न भन्दै बहाना बनाएर रकम मागेका थिए । उनले व्यवसायी,सरकारी जागिरेदेखि अपांगता भएकी सिधासाधा गृहिणी,बृद्धबृद्धासम्मका व्यक्तिबाट रकम उठाएका छन् । अरुबाट रकम लिने काममा उत्तमबहादुरकी श्रीमती जमुना शाक्यको भूमिका पनि उत्तिकै रहेको पीडितहरुको गुनासो छ । चैत ५ गते उत्तमबहादुरको घरलाई देवीप्रसाद श्रेष्ठ र मिनप्रसाद श्रेष्ठले आफूहरुले किनेको दावी गरेपछि र फेन्सी पसल पनि अर्कैले सञ्चालन गरेको देखेपछि सोधीखोजी गर्दा उत्तमबहादुर चारजनाको परिवारसहित अघिल्लो दिन नै भागेको थाहा भएको हो । सबै सम्पत्ति बेचेर परिवारसहित सम्पर्कविहीन भएपछि पीडितहरुले उत्तमबहादुरलाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका छन् । पीडितहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल र प्रदेश प्रहरी कार्यलयमा निवेदन दिने तयारीमा रहेको पीडित मध्येका गोपाल शर्माले बताए । तमसुक,बाउन्स चेक र अन्य कागजपत्र सहित पीडितहरुले उत्तमबहादुरले विक्रि गरेको घर अगाडि प्रदर्शन गर्दै प्रहरी प्रशासनले निजलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणदेखि व्यवसायीसम्मको रकम ठग्ने श्रेष्ठ परिवारका सबै सदस्यलाई खोजेर पक्राउ गरी न्याय दिन पीडितहरुले प्रशासन र सरकारसंग माग गरेका छन् ।

उनीहरुले ऐलानी जग्गाको घर विक्रि गर्दा वडा अध्यक्ष र सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो वा गल्ती गरेको आशंका गर्दै छानवीन गर्न समेत माग गरेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले उत्तमबहादुर श्रेष्ठलाई खोजी गरिदिन निवेदन आएको तर लेनदेनको विषय भएकाले आफूले प्रकृयागतरुपमा केही गर्न नमिलेपनि व्यवहारिक हिसाबले खोजी गरिरहेको बताए । ठगीको आरोप लागेका उत्तमबहादुर र उनका परिवारका सदस्य कसैको पनि मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन । राजमार्गमा जोडिएको चोकमा दुई वटा घर, राम्रै चलेको पसल देखेर २५ लाख दिएको हुं’–नारायण भट्टराईले भने–‘तर कसैलाई थाहा नदिई सबै सम्पत्ति बेचेर भागेपछि पो थाहा भो यसरी विश्वास गर्न नहुने रहेछ ।’ सबै सम्पत्ति बेचेर परिवारसहित सम्पर्कविहीन भएपछि पीडितहरुले उत्तमबहादुरलाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका छन् । त्यहांबाट उनको खोजीमा तदारुकता र चासो नदिएको भन्दै पीडितहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल र प्रदेश प्रहरी कार्यलयमा निवेदन दिने तयारीमा रहेको पीडित मध्येका गोपाल शर्माले बताए । तमसुक, बाउन्स चेक र अन्य कागजपत्र सहित पीडितहरुले उत्तमबहादुरले विक्रि गरेको घर अगाडि प्रदर्शन गर्दै प्रहरी प्रशासनले निजलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले ऐलानी जग्गाको घर विक्रि गर्दा वडा अध्यक्ष र सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो वा गल्ती गरेको आशंका गर्दै छानवीन गर्न समेत माग गरेका छन् । ‘एक करोड बढी मूल्य पर्ने घरको मूल्य २८ लाख बनाइएको छ, संधियारलाई जानकारी दिइएको छैन र साक्षी पनि घर बेच्नेको भान्जालाई राखिएको छ’–शर्माले भने–‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ऐलानी जग्गाको घर विक्रि गर्दा सबै प्रकृया पूरा गरी सम्बन्धित पक्षलाई जानकारी गराएको भए उत्तमबहादुर भाग्न पाउने थिएनन् ।’ इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले उत्तमबहादुर श्रेष्ठलाई खोजी गरिदिन निवेदन आएको तर लेनदेनको विषय भएकाले आफूले प्रकृयागतरुपमा केही गर्न नमिलेपनि व्यवहारिक हिसाबले खोजी गरिरहेको बताए । ‘घर किन्न लागेको भनेर मरिहत्ते गरेपछि कृषि विकास बैंकबाट ऋण लिएर चार लाख दिएकी हुं, ब्याजको किस्ता तिर्न नसक्दा बैंकले ताकेता गरेर हैरान पारेको छ’–आरती ओलीले रुंदै भनिन्–‘चैत ५ गते रकम फिर्ता गर्ने भाखा थियो, ४ गते नै घर बेचेर भागेछन् ।’ ठगीको आरोप लागेका उत्तमबहादुरका सबै मोबााइल नम्बर स्वीच अफ रहेका छन् ।