पछिल्लो समय विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा पहिलो त संक्रमित व्यक्तिहरुको नजिक नै नजानको लागि चिकित्सकहरु सुझाव दिन्छन् । त्यसपछि लागिसकेको खण्डमा समेत रोग प्रतिरोधात्मक क्षमता धेरै भएका मानिसहरु यसबाट बच्न सक्ने कोरोना सम्बन्धी अनुसन्धानमा लागिरहेका चिकित्सकहरु बताउँछन् । तर, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि के गर्ने रु खानपानको माध्यमबाट कसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता वा कस्तो खानेकुराले बढाउने गर्छ हामीहरुको रोग प्रतिरोधात्मक क्षमता शरीरमा रोग प्रतिरोध क्षमता बढाउने फलहरु
चिसोका कारण खोकी लागेको समयमा धेरै व्यक्तिहरुलाई भिटामिन सीको आवश्यकता पर्दछ । भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्न सहयोग गर्छ । भिटामिन सी सेता रक्त कोशिकाको उत्पादन बढाउनमा सहायक सिद्ध हुन्छ । यी रक्तकोषहरु संक्रमणहरूसँग लड्नको लागि महत्वपूर्ण हुन्छन् ।
यस्ता फलहरू अन्तर्गत्
अंगुर
सुन्तला
कागती
ज्यामिर
सुन्तला आदि ।
माथि उल्लेख गरिएका सबै किसिमका फलफुलहरुमा भिटामिन सी उच्च मात्रामा पाउने गरिन्छ । यी फलहरुमा पाइने भिटामिनले शरीरको रोग प्रतिरोध क्षमतालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
रातो डल्ले खुर्सानी
माथि उल्लेख गरिएको फलहरुले भन्दा धेरै भिटामिनहरु रातो डल्ले खुर्सानीले दिने गर्छन् । चिकित्सकहरुका अनुसार रातो डल्ले खुर्सानीले माथि उल्लेख गरिएको फलफुलहरुले भन्दा पनि दुई गुणासम्म धेरै भिटामिन सी प्रदान गर्नेगर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने गर्छ ।
ब्रोकाउली
ब्रोकोली भिटामिन र खनिजको साथ एकदमै स्वास्थ्यबद्र्धक खानेकुरा खान सकिन्छ । भिटामिन ए, सी, र ई का साथै धेरै एन्टिआक्सिडेन्टहरूको मात्रा समेत यसमा पाइन्छ । फाइबरले भरिएको ब्रोकोली हामीले खाने तरकारीहरुमध्ये सबैभन्दा धेरै स्वस्थ्यकर खाना समेत हुनसक्छ । यसले शरीरको शक्तिलाई अक्षुण्ण राख्नको लागि मुख्य भूमिका खेल्ने गर्छ । यो जतिसक्दो थोरै पकाउनु नै राम्रो मानिन्छ ।
लसुन
लसुन संसारमा लगभग सबैतिर पाइने एक किसिमको खाना हो । यसले शरीरमा स्फूर्ति थप्ने गर्छ । प्राचीन मान्यता अनुसार समेत यसले हाम्रो शरीरमा रहेको इन्फेक्सन विरुद्ध लड्नको लागि लसुन प्रभावकारी मान्ने गरिन्छ । अमेरिकाको नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एण्ड इन्टिग्रेटिभ हेल्थका अनुसार लसुनले रक्तचाप कम गर्न र धमनीहरूलाई कडा बनाउने काम गर्ने गर्छ । लसुनले प्रतिरक्षा प्रणालीमा बढावा दिने गुणयुक्त सल्फर भएका यौगिकहरू, जस्तै एलिसिन आदि प्रदान गर्नेगर्छ ।
अदुवा
अदुवा पनि मानिसको शरीरमा निम्तिने स्वास्थ्य समस्या कम गर्ने अर्को फलफुल हो । अदुवाले घाँटीको दुखाई र अन्य भड्किलो स्वास्थ्य समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्छ ।
पालक
पालकले पनि भिटामिन सी प्राप्त गर्नको लागि अति उपयोगी तरकारी हो । यसमा धेरै एन्टिआक्सिडेन्टहरू र बिटा क्यारोटीनले भरिएको हुन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीको क्षमतालाई बढाउन सक्छ । ब्रोकाउली र यसलाई सकेसम्म थोरै पकाइन्छ । ताकि यसमा रहेका पोषक तत्वहरुमा कमी नआओस् ।
बदाम
जतिबेला शरीरलाई रुघाखोकीको समस्या आउँछ । त्यतिबेला रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि बदाम उपयोगी हुने गर्छ । भिटामिन ई एक स्वस्थ प्रतिरक्षा प्रणालीको लागि महत्वपूर्ण हुन्छ यो एक किसिमको घुलनशील भिटामिन हो । बदाम जस्ता नटहरू भिटामिनले भरिएका हुन्छन् जसका कारण यसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।
बेसार
बेसार पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने एउटा महत्वपूर्ण खानेकुरा हो । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।
बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेको कुरा हो । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ भन्ने मान्यता छ । त्यस्तै, महसँग मिसाएर खाएमा घाँटीको समस्या समाधान हुन्छ ।
एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ ।स्रोत अनलाईनखवर










