प्रकाश न्यौपाने । नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना बाट बच्नका लागी लकडाउनकै समयमा केही फरक र नयां एवं सिर्जनशिल कार्यहरु देखीएका छन् । पश्चिम नवलपरासी रामग्राम नगरपालिका १ गंगापथका स्थानियहरु मिलेर टोल प्रवेश गर्दा अनिवार्य रुपमा सावुन पानिले हात धुनु पर्ने नियम बनाएका छन् । कोरोनाको संक्रमणबाट बच्नका लागी टोलमा प्रवेश गर्दा सावुन पालीले अनिवार्य रुपमा हात खुट्टा भुनु पर्ने व्यवस्था गरीएको गंगापथका स्थानिय एवं नेपाल पत्रकार महासंघका अध्यक्ष हरी शर्माले बताउनु भयो । उहा भन्नु हुन्छ – यो संकटको बेला सबै नागरीक सचेत हुन जरुरी छ । त्यसैले हामीले हाम्रो टोलमा रहनुहुने र टोलमा आउनुहुने सबैलाई हात धुनु पर्ने नियम बनाएका हौं ।

टोल प्रवेशमा रोक बर्दघाट नगरपालिका वडा नं २ रहेका विभिन्न टोलहरुमा बहीरी टोलका मानिसहरुको आवतजावतमा रोक लगाएका सुर्य ज्योति युवा क्लवका अध्यक्ष राम भण्डारीले बाताउनु भयो । शुरुवाद आफैबाट टोल ठाउबाट गरौ, आफु पनि बाचौं, अरुलाई पनि बचाउ सेफ कोरोना भाइरस भन्दै स्थानियहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई आग्रह समेत गरेका छन् । शान्ति ज्योति टोल बिकास समिति, दिव्य शक्ति आमा समुह तथा माकर गाउ विकास कोषको संयुक्त पहलमा वडा भित्र रहेका विभिन्न १२ चोकमा सावुन पानिले हातधुनु अनिवार्य गरीएको छ । भण्डारी भन्नु हुन्छ – ूहामी सबै मिलेर बाहीरी मानिसलाई टोल प्रबेशमा रोक लगाएका छौ भने टोलका ठाउठाउमा साबुन, पानिले हात धुने व्यवस्था गरेका छौं ।ू साथै संयुक्त प्रयासमा युवाहरुले आ–आफ्ना टोलहरुमा किटनासक औषधी पनि छरीरहेका छन् । आफनो टोल टोलमा अपरिचत वा विदेश बाट आएको व्यक्तिलाई पनि जति शक्दो चाँडो स्थानिय निकायले बनाएको क्वारेन्टाईनमा राख्नका लागि आग्रह गर्दै आएका छन् ।
अपरिचित व्यक्तिलाई गाउं प्रवेशमा रोक पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका ३ का स्थानीयले अपरिचित व्यक्तिलाई गाउ प्रवेशमा रोक लगाएका छन् । कोरोना संक्रमणबाट सुरक्षित रहन स्थानियहरुले अपरीचित व्यक्तिहरुलाई गाउ प्रवेशका रोक लगाएका हुन । सुस्ता गाउपालिका भारतको बिहार प्रदेशसंग सिमाना जोडिएको छ । भारतबाट आवतजावत हुने भन्दै स्थानीयले रेवारेता गाउंको मुख्य नाका र अन्य नाकामा बाँस तेर्साएर अपरिचित व्यक्तिलाई प्रवेश निषेध भन्दै सूचना टांस गरेका छन् ।















