भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, चैत १७ । भारतबाट आएर उपचारका लागि वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ। बेहोस अवस्थामा सोमबार बिहान उपचारका लागि वीर अस्पताल ल्याइएकी चन्द्रागिरी नगरपालिका बडा नम्बर १५ की एक युवतीको मृत्यु भएको हो। ज्वरोबाट ग्रसित ती युवतीको उपचारका क्रममा मृत्यु भएको वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीले जानकारी दिए।

ती युवती अघिल्लो सातामात्रै भारतबाट काठमाडौं आएको पनि खुलेको छ। उच्च ज्वरो रहेको र श्वाश फेर्न गाह्रो भएको पाइएपछि कोरोनाको शंका लागेर स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको छ। परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको डा सेञ्चुरीले बताए। ।काठमाडौ प्रेस