कोरोनाकोषमा पूर्वराजा ज्ञानेन्द्र द्धारा दुई करोड सहयोग

प्रकाशित मिति:

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषु मा दुई करोड सहयोग गरेका छन्। दुस्ख कष्ट र आपत बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको मा दाखिला गर्न बुझाएका छौुं, उनले एक विज्ञप्ति निकाल्दै भनेका छन्।

मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भएको उनले बताएका छन्। यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छु, शाहले भनेका छन्, महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सन्चारकर्मी एवम पत्रकारहरूप्रती हामी आभारी छौँ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न अनुशासन तथा धैर्यता देखाएको पनि उनले बताएका छन्।राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन शाहले अनुरोध गरेका छन्।