भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ महामन्त्री दिपक भट्टराईको चेतावनी ।

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघले अहिलेको विपतको बेलामा पनि भ्रष्टाचार गर्नु भन्दा ठुलो अपराध अरू नहुने वताउदै आएको छ । अहिलेको संकट सबैको साझा संकट भएकाले यसको मिलेर सामना गर्नुपर्ने भन्दै नेविसंघ महामन्त्री दिपक भट्टराईले कोरोना भाईरस संक्रमण रोकथामका लागि सरकारले गरेको लापरवाही लुकाएर नलुक्ने बताउनु भएको छ ।

भ्रष्टाचारीलाई हिरा र सचेत गराउनेलाई भुस्या कुकुर र गिद्धको दर्जादिनेहरूको हिसाब पनि ने।वि ।संघ महामन्त्री दिपक भट्टराईले चेतावनी दिनु भएको छ । अनेरास्ववियुका संयोजक एन महरले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्रि हिरा भएको र भ्रष्टाचारको आरोप लाउनेहरु भुस्या कुकुर र गिद्ध भएकाले उनिहरुको हिसाब मैदानमा गर्ने अभिब्यक्ति दिएका थिए । त्यसको खण्डन गर्दै ने बि संघ महामन्त्री भट्टराइले भ्रष्टाचारिको साक्षी नबस्न सत्तासिन दलका भातृसंस्थाका नेतृत्व र प्रमका सल्लाहाकारलाई चेतावनी दिएका छन् ।