रुपन्देही ,२७ चैत्र – नेपाली कांग्रेसका युवा नेता विष्णु प्रसाद पोखरेलले रुपन्देहीको रुद्धपुर स्वास्थ्य चौंकीलाई ५ थान पिपिई हस्तानान्तरण गर्नु भएको छ । कोरोना भाईरसको सक्रमणको समयमा स्वास्थ्यकर्मीलाई सुरक्षित रहेर सेवा प्रदान गर्नको लागि पिपिई उपलब्ध गराएको पोखरेलले बताउँनु भएको छ । देशभरि नै पिपिईको चरम अभाव भईरहेको बेला स्वास्थ्यकर्मी जोखिममा पर्ने भएकाले सहयोग गरेको उँहाले बताउँनु भएको छ । रुपन्देही क्षेत्र नंं ५ (क)का प्रदेशसभा सदस्यका प्रत्याशि समेत रहनु भएका पोखरेलले स्वास्थ्यकर्मी आफु पनि सजग भएर स्वास्थ्य सेवा दिनको लागि आग्रह गर्नु भएको छ । कञ्चन गाउँपपालिकालमा रहेको उत्त स्वास्थ्य चौंकीमा रेनकोटको भरमा विरामीको उपार गर्न स्वास्थ्यकर्मी बाध्य थिए । गाउँपालिकाका अध्यक्ष गोकण बहादुर क्षेत्री , रुद्धपुर स्वास्थ्य चौंकीका ईन्र्चाज बिमला पाण्डेय, तरुण दल रुपन्देहीका उपसभापती दिनेश भट्टराई बालु , वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री , वडासदस्य केशर बहादुर खत्री , नेपाली काग्रेसका नेता डोल बहादुर थापा , स्वास्थ्य चौंकी ब्यवस्थापन समितिका उपाध्यक्ष नन्द बहादुर खड्का , लगायतको उपस्थिती रहेको थियो ।












