निरन्तर तरुण दल र नेविसंघ छेत्र नं १ कपिलवस्तु द्वारा राहत बितरण

प्रकाशित मिति:

कपीलवस्तु । नेपाली कांग्रेस, तरुण दल र नेविसंघ छेत्र नं। १ कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं। ९,१०,११ र मायादेवी गाउपालिका वडा नं। ३ मा रहेका अति बिपन्न १६० भन्दा बढि घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ। नगरपालिका बाट राहत बितरण भैरहदा नपाएका उनिहरुले नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय सांसद अतहर कमाल मुसलमानको विशेष सहयोगमा नेका जिल्ला सदस्य ललित गुरुङ,जमसेद खान,नेका महासमिति सदस्य दुर्गा सेन,मेवालाल यादव, नेका छेत्रीय सभापति शालिकराम चौधरी उपसभापति कृष्णमुरारी ज्ञवालि, सचिव प्रेम पौडेल,अतिकुर रहमान मुसलमान, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी,छेत्रीय सभापति तिलक थापा,सचिव गोबिन्द आचार्य नेविसंघ छेत्र नं। १ सभापति चन्द्रकान्त पोख्रेल २ का अमजद खान, इकाई सभापति दिनेश छेत्री त्यसैगरी नेका नगर सभापति बिष्णु थापा,नेकाका नेता बिजय खनाल, महिला नेतृ रेनु श्रेष्ठ वडा सभापति देबेन्द्र पोख्रेल वडा अध्यक्ष मोहन शर्मा,लगायतको उपस्थितिमा अति बिपन्न परिवारलाई अति आवस्यक रहेको चामल, दाल, नुन,तेल,लगायतका १६० भन्दा बढी घरपरिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।सो कार्यक्रम मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय अतहर कमाल मुसलमानले नेपाली कांग्रेस सधै गरिबको बस्तिमा रहेको बताउदै यो बेला खान नपाएर मजुरी गरेर खाने मजदुरको परिवारलाई बाच्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै आफू लागिपरेको बताउनुभयो।

उहाले हामी राजनीति मात्र हैन येस्तो बेला फिल्डमै खटिएर लागि पर्ने र लागिरहेको बताउदै चुनाबका बेला मात्र आएर भासण गरेर केही हुदैन जनताको साथमा साथ दिनुपर्छ भन्दै आफू हर हमेसा तयार रहेको बताउनु भयो। यसैगरि नेविसंघ का चन्द्रकान्त पोख्रेलले बिपत्तिका बेला घरमा नै बस्ने बेला हैन राजनीति समाज रह्योभनि गर्न सकिन्छ अरुबेला राजनीति गर्ने समय छदै छ येस्तो अवस्थामा यो पार्टी त्यो पार्टी नभनी बिपन्न परिवार को छन खोजेर जस्को घरमा चुल्हो बल्न गाह्रो पर्दै गईरहेको छ ती परिवारमा यो बेला कोहि पनि भोकै बस्न नपरोस भन्दै आफु र आफ्नो परिवारको स्वास्थ्य पनि ख्याल नगरी अरु परिवार पनि आफनै परिवार हुन भन्दै हामी हिडेका छौ।हामी बोलेर मात्र हैन हामी बिपन्न परिवारको घरमा पुग्नु पर्छ उनिहरु सङ्ग खुसी साटनु पर्छ भनी लागिपरेको नेविसंघका सभापति चन्द्रकान्त पोख्रेलले बताउनु भयो। साथै युवाहरु यो बिपत्तिको बेला सबैको परिवारमा चुलो बल्नुपर्छ भनेर हामिहरु लागिपरेका छौ युवाहरू खाली परिवारको जिम्मेवारि लाई हेर्दै समाजका लागि लाग्नुपर्ने र समाजमा देखिएका समस्यामा सहयोगी भावना लिएर अगाडि बढ्नुपर्ने बताउदै हामिहरु ती बिपन्न्न परिवारलाई केही भएपनी राहत मिलोस उनिहरुलाई केही दिन भएपनी बाच्नका लागि पुगोस भनी लागिपरेका छौ।येस्तो अवस्थामा मजुरी गरेर खाने परिवारलाई गाह्रो परेको छ त्यो पिडामा मलम लगाउन सकिन्छ कि भन्दै हामी हिनेका छौ र केही भएपनी उहाहरुको दुखमा सहयोग मिल्नेछ भन्दै राहत बाडिएको जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरिले बताउनुभयो। साथै नेका का छेत्रीय सभापति शालिकराम चौधरी र नेका नगर सभापति बिष्णु थापाले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बिपन्न परिवारलाई अफ्ठ्यारो परेको बेला हामी सधै लागि पर्ने बताउनु भएको थियो।कपिलवस्तु नगरपालिकाका ९,१०,११ र मायादेवी गाउपालिकाको ३ वडामा त्यहाका पार्टी सभापति पार्टीका अग्रज ब्यक्तित्वहरुको विशेष सहयोगमा बिपन्न परिवारको पहिचान गरि सामग्री जुटाई हस्तान्तरण गरिएको थियो।हस्तान्तरण गर्दै गर्दा सामाजिक दुरि कायम गरि कार्यक्रम गरिएको थियो।