नेपालमा संक्रमितको संख्या बढ्यो भन्दैमा चिन्ता गर्नु पर्दैन  डा : रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

प्रकाशित मिति:

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ ्र अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन  विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन  हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ  सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ  हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन्  उनीहरु बिरामी भएर अस्पताल गएका हैनन्  उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन्  ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् ,  ३० जना संक्रमित मध्ये १ जना धेरै पहिले निको भइसकेका छन्  बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन्  उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन  त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन्  हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ  तर लक्षण देखिएको छैन  यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण ‘ छैन

यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस  हुँदै गर्दा हामीकहाँ कमजोर क्तचबष्ल वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ  यो अनुसन्धानको बिषय हो  भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ  अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित हुँदा मृतकको संख्या ४८६ मात्र छ  दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो  त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन्  सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन ्र कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो ्र नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन्  यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ १ मन बलियो बनाऔं १ शरीर गाडी हो भने म ड्राइभर  ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन

थप समाचार