काठमाडौं वैशाख १२ । श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई फिर्ता लगेको छ। श्रीलङ्कन एअरको जहाजले पोखराको मणिपाल अस्पतालमा अध्ययनरत ७६ विद्यार्थीलाई लगेको हो।
श्रीलङ्कन एम्बेसी र नेपाल एयरलाइन्सको सहकार्यमा विद्याथीहरु शुक्रबार स्वदेश फकाइएको नेपाल र श्रीलङ्का एयरलाइन्सको जिएसए दिपक मैनालीले जानकारी दिए ।नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि श्रीलङ्काले आफ्नो नागरिक फिर्ता लगेको हो।












