अमेरिका र युरोपपछि कहाँ फैलिएको छ कोरोना भाइरस 

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिका र युरोप सबैभन्दा बढी प्रभवित छन्, तर तीबाहेक ल्याटिन अमेरिकाका केही देशमा पनि हाल यो भाइरस तीब्र रुपमा फैलिरहेको छ ।ल्याटिन अमेरिकी देश इक्वेडरमा २ मार्चमा जम्मा ६ जनामा देखिएको यो भाइरसको सक्रमण अहिले बढेर २२ हजार ७ सय ९१ पुगेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार मृतक संख्या अहिलेसम्म ९०० छ, तर यो संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

ब्राजिलमा २६ फेब्रुअरीमा संक्रमणको पहिलो केस भेटिएको थियो । अहिले यहाँ संक्रमितको संख्या ५५ हजार पार गरेको छ भने मृतक संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।टर्कीमा ११ मार्चमा पहिलो संक्रमित भेटिएको थियो, त्यसयता अहिलेसम्म १ लाख ७ हजार ७ सय ७३ जना सक्रमित भइसकेका छन् । अहिले कोरोना भाइरसका कारण अति प्रभावित सात देशमा टर्की पनि परिसकेको छ । यहाँ मृतक संख्या २ हजार ७ सय ६ रहेको छ ।रुसमा २८ मार्चसम्म जम्मा १ हजार संक्रमित थिए । तर अहिले बढेर ७४ हजार ५ सय ८८ पुगेको छ । यहाँ मृतक संख्या ६ सय ८१ पुगेको छ ।

१६ दिनमा एक लाखको मृत्यु-चीनको वुहानमा ११ जनवरीमा पहिलो पटक मानिसको मृत्यु भएपछि कोरोना भाइरसका कारण ९० दिनभित्र विश्वभर एक लाख मानिसको मृत्यु भएको थियो । अर्को एक लाख जनाको मृत्यु हुन जम्मा १६ दिन लाग्यो ।युरोपको बेल्जियममा संक्रमित संख्याको तुलनामा मृतक संख्या अत्यधिक रहेको छ । बेल्जियममा १ लाख संक्रमितमा ६ जनाको मृत्यु भएको छ । स्पेनमायस्तो दर ४।६ जना र अमेरिकामा १।६ जना रहेको छ ।कोरोना भाइरसका कारण अहिलेसम्म एसियामा करिब ७ हजार, ल्याटिन अमेरिकामा पनि ७ हजार, मध्यपूर्वमा ८ हजार ८ सय र अफ्रिकामा १ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।अनलाइनखबर