थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित ८२ पुगे

प्रकाशित मिति:

काठमाडौं/ नेपालमा कोरोना भाइरस ९कोभिड १९० संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकेको छ ।-खबरहब बाट