अमेरिकामा रहेका ६४१ नेपाली स्वदेश फर्कन ईच्छुक रहेको एनआरअएनए को भनाई

प्रकाशित मिति:

काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अमेरिकाबाट ६४१ जना नेपालीले स्वदेश फर्कन चाहेको पाइएको छ ।गैह्रआवासीय नेपाली संघ एनआरएनए अमेरिकाले शुरु गरेको तथ्याङ्क संकलनमा अमेरिकामा रहेका ६४१ नेपालीले तत्काल नेपाल फर्कन इच्छुक रहेको फारम भरेका छन् ।

एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा मे २ सम्म ६४१ जना नेपालीले नेपाल फर्कन चाहेको फराम भरेका छन् ।एनआरएनएले नेपाल फर्कन चाहने नेपालीलाई तत्काल स्वदेश फिर्तिको पहल गर्न अमेरिकास्थित नेपाली दूतावासलाई आग्रह पनि गरेको छ ।