पत्रकार महासंघद्धारा जिल्लाका सरोकारवाला निकायसंग कोरोना नियन्त्रण सम्बन्धि अन्तर सम्बाद सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने   बैशाख ३१ गते ।  नवलपरासी । पत्रकार महासंघ पश्चिम नवलपरासीद्धारा जिल्लाका सरोकारवाला निकायहरुलाई एकै ठाउमा राखेर कोरोना नियन्त्रण सम्बन्धि जिल्ला स्तरीय अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम माथि प्रकास पर्दै महासंघका अध्यक्ष हरी शर्माले जिल्लाका सात वटै स्थानिय तहका प्रमुख सरोकारवालमहरुसंग कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम अवस्थाहरुको बारे अन्तरसम्बाद गरिएको बताउनु भयो । कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले रामग्राम नगरपालिकाले परासी अर्दश माबिमा ५० बेण्डको क्वारेन्टाईन निमार्ण गरेको बताउदै क्वारेन्टाईनमा ६३ जना थिए भने ३६ जनालाई पिसीआर चेकजाँच गरी तीनीहरुको सबै रिपोर्ट नेगेटिप देखिएकोले उनीहरुलाई डिस्र्चाज गरिएको जानकारी दिए । क्वारेन्टाईनमा बस्ने सख्या बढै गएको भने क्वारेन्ठटाईनमा बेड सख्या थप्ने बताए । भारतबाट ३३ जना नेपालीहरु आएका ती सबै क्वारेन्टाईनमा राखिएको गुप्ताले बताए । उनले भने लकडाउनबाट प्रभावित अतीगरिब बिपन्न बर्गहरुलाई पहिलो चरण २३०० सय घरधुरीहरुलाई राहत बितरण गरिसकेको अब दोश्रो चरण राहत बितरण प्रक्रिया अगाडी बढेको बताए । सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले सुनवल नगरपालिकाले एक सय बेडको क्वारेन्टाईन निमार्ण गरेको छ भने ६९ जना क्वारेन्टाईन थिए भने थप ११ जान भारतका बिभिन्न ठाउँबाट आएका त्यसमध्ये पीसीआर चेकजाँच गर्दा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सुनवल नगरपालिकाले दोश्रो चरणको अतिगरीब बिपन्न बर्गहरुलाई राहत १४ सय ४२ जना घरधुरीलाई राहत बितरण गरिसकेको नगर प्रमुख क्षेत्रीले जानकारी दिए ।

यस्तै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले पाल्हीनन्दन गाउँपालिकाले दुई वटा स्थानमा क्वारेन्टाईन निमार्ण गरेको जसमध्ये पाल्ही प्रथामिक स्वास्थ्य केन्द र हरपुर माध्यमिक बिद्यालयमा क्वारेन्टाईन निमार्ण गरिएको बताए । उनले भने भारतबाट लुकीछीप नेपाल प्रबेश गरेको नेपालीहरु एक सय २२ जना क्वारेन्टाईन राखिएको जसमध्ये ३६ जानको स्वाश नमुना पीसीआर गर्दा तीनीहरुको सबै रिर्पोट नेगेटीभ आएकाले उनीहरुलाई डिस्र्चार्ज गरिएको जानकारी दिए । पाल्हीनन्दन गाजउँपालिकामा भारत मलेशिया अस्टेलियालगायका देशमा रोजगारीको लागि सात जान रहेको अध्यक्ष गुप्ता बताउदै गाउँपालिकाले पहिलो चरण राहत बितरण गरिसकेको र अब दोश्रो चरणको राहत बाँडने तयारी भएको बताए । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले प्रत्येक वडामा ५० शैया क्वारेन्टाईन निमार्ण गर्ने र १० जना क्वारेन्टाईनमा रहेको बताए । एक हजार जना राहत बितरण गरिसकेको बताए । सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले गागउँपालिकाले दुई वटा स्थानमा क्वारेन्टाईन निमार्ण गरिएको र क्वारेन्टाईनमा ९९ जना रहेको जसमध्ये १४ जना श्वास परीक्षण पीसीआर ती सबैको रिर्पोट नेगेटीभ आएको जानकारी दिए । दुई हजार ९सय ७३ घरधुरीहरुलाई राहत बितरण गरिसकेको चौधरीले बताए ।प्रतापपुर गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गाउँपालिकाले दुई वटा स्थानमा क्वारेन्टाईनमा निमार्ण गरिएको र भारतको बिभिन्न स्थानबाट आएका क्वारेन्टाईनमा एक सय ३१ जना रहेको जानकारी दिए ।

उनले भने ७३ जनालाई पीसीआर परीक्षण गरेको जसमध्ये ती सबै जनाको रिर्पोट नेगेटीभ आएको बताउदै ९३ जानलाई डिस्चार्ज गरिएको बताए । यसैगरी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शार्माले ताीन वटा स्स्थानमा क्वारेन्टाईन निमार्ण गरेको भन्दै एक सय १० क्वारेन्टाईन राखिएको बताए । क्वारेन्टाईनबाट ७१ जनालाई डिस्र्चाज गरिएको बताउदै आजै २४ जान भारतबाट आएको अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले हाल सम्म चारसय बीस जनाको पीसीआर परीक्षण गरीएको जसमध्ये दुई सय ४७ जनाको नेगेटीभ आएको जानकारी गराएका थिए । अन्तर संवाद कार्यक्रममा पत्रकारहरु केशव पराजुली, गोपि ज्ञावाली, प्रकाश न्यौपाने, हुसेन अन्सारी, नारायाण भण्डारी, कृष्ण ढकाल, श्याम थापा लगायतले जिज्ञास राख्नु भएको थियो । पत्रकारहरुको जिज्ञासा जिल्ला समन्वय समीतीका अध्यक्ष शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र सात वटै पालिका प्रमुखहरुले मेटाउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरी शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समीतीका अध्यक्ष शिवशंकर राय, प्रमुखको आतिथ्यता रहेको कार्यक्रमको संचालन सचिव राजकुमार रेश्मी र विकाश अधिकारीले गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा जिल्ला समन्वय समितीको समन्वयमा जिल्ला रहेका स्थानिय तहको कोरोना भाईरस (कोभिड १९)नियन्त्रण तथा रोकथाम सम्बन्धी जिल्ला स्तरीय अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरिएको हो ।