पश्चिम नवलपरासीमा पहिलो कोरोना संक्रमित फेला

प्रकाशित मिति:

प्रकाश न्यौपाने   बैशाख ३१ गते ।  नवलपरासी । पश्चिम नवलपरासीमा पहिलो पटक एक जना कोरोना संक्रमित फेला परेका छन् । प्रतापपुरमा भारतबाट आएका एक नेपालीमा एक कारोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । स्वास्थ्य मन्त्रालयले केहिबेर अगाडी जारी गरेको प्रेस विज्ञप्तीमा पश्चिम नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिईएको छ ।

सोमबार पश्चिम नवलपरासीका १ सय ७३ जनाको स्वाब संकलन गरि आरटि पिसिआर परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो । संक्रमित ३६ वर्षिय पुरुष रहेका छन् । उनलाई थप उपचारका लागी परासी स्थीत पृथ्वी चन्द्र अस्पतालमा ल्याउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।बुधवबार साँझ थप २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको सङख्या २ सय ४३ पुगेको छ । पछिल्लो समय पश्चिम नवलपासीमा भारतबाट नेपालीहरु भित्रने क्रम बढेसंगै जोखिम ह्वात्तै बढेको छ ।