कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक सहयोग
कोभिड-१९ अर्थात कोरोना भाइरसले गर्दा विश्वभर महामारी फैलिरहेको छ। यश कारण विदेशमा रहेका रहेका कामदारलाई आआफ्नो देशमा फर्के भन्दै धेरैले रोजगार गुमाएका छन्। त्यस्तै कुवेतमा अवैधानिक रूपमा बस्ने कामदारलाई प्रक्रिया मिलाएर स्वदेश फर्कन आव्हान गरेको छ।
कुवेतमा ३००० हजार अवैधानिक रूपमा रहेका नेपालीहरू राजदुतावासमा डकुमेन्ट मिलाउदै गरेकी मन्ञु श्रेष्ठले बच्चा जन्माएको र उनलाई आर्थिक अभाव भएको विभिन्न संचार माध्यममा आएपछि थाहा पाएर नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौ क्षेत्र न।३ का महासमिति सदस्य हरिबोल भण्डारीले ५० हजार आर्थिक सहयोग गर्नुभएको छ।












