बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए

प्रकाशित मिति:

रुपन्देही, जेठ १८ । बुटवलको कोरोना विशेष अस्पतालबाट चार जना डिस्चार्ज भएका छन्। धागो कारखानामा बनाइएको अस्पतालबाट कपिलवस्तुका ३ र रुपन्देहीका एक संक्रमित निको भएर डिस्चार्ज भएका हुन्।

पछिल्लो २४ घण्टामा गरिएको दुई पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका कोभिड १९ फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा। सुदर्शन थापाले बताए।उनीहरु वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।योसँगै उक्त अस्पतालबाट निको भएर फर्कनेको संख्या १५ पुगेको छ। साथै, प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ पुगेको छ।